ग्रेट वाल मोटर्सको प्रिमियम एसयूभी र पिकअप गाडी नेपालमा
News Desk
Jul-02 , 2021 तारिख 01:00 बेलुका

काठमाडौँ  — असार १८, २०७८। 

अटोमोबाइल ब्रान्ड ग्रेट वाल मोटर्सका गाडीहरू नेपाली बजारमा भित्र्याइएको छ । ग्रेट मोटर्सका प्रिमियम एसयूभी र पिकअप गाडीहरू बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रिमियम एसयूभी वर्गका तेस्रो जेनेरेसन जेन हेभल एच ६ र हेभल जोलायन गाडी बजारमा ल्याएको हो ।

त्यस्तै, पिकअप वर्गका पोअर गाडी नेपाली बजारमा आधिकारिक रूपमा भित्र्याएको हो । जेन हेभल एच ६ मा २.० लिटर र हेभल जोलायनमा १.५ लिटर पेट्रोल टर्बो इन्जिन रहेको छ । त्यस्तै, पोअरमा २.० लिटर डिजेल टर्बो इन्जिन रहेको कम्पनीले जनाएको छ । नेपालका लागि ग्रेट वालको आधिकारिक आयातकर्ता र विक्रेता भीजी इम्पेक्स प्रालि हो ।