News Desk
काठमाडौँ — असार १८, २०७८।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने बताएका छन् । शुक्रबार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अब खोपको समस्या नहुने दाबी गरेका हुन् ।
बैठकमा ओलीले भने, ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ । भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो । केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिङ गरिरहेका छन् ।’
शुक्रबार बालुवाटारमा जारी १३औं केन्द्रीय कमिटी बैठकमा गौतम पनि सहभागी छन् । यद्यपि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्ष भने सहभागी छैनन् ।
(कान्तिपुर दैनिक)