News Desk
काठमाडौं-पूर्व मन्त्री दिपक प्रकाश बाँस्कोटा राष्ट्रिय सहकारी पुरस्कारबाट सम्मानित भएका छन् । नेपालको सहकारी आन्दोलनका शिर्षस्थ व्यक्तित्वका रुपमा रहेका बाँस्कोटालाई
राष्ट्रिय सहकारी महासंघले शनिवार ९९ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा उक्त पुरस्कारबाट सम्मानित गरेको हो ।
पूर्व गृह राज्यमन्त्री समेत रहेका राष्ट्रिय सहकारी संघका संस्थापक सदस्य बाँस्कोटाले नेपालको सहकारी आन्दोलनको विकासमा विशिस्ट योगदान दिएका छन् ।
राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक स्थापना एवं सहकारी ऐन २०४८ एवं नियम २०४८ जारी गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले अन्तराष्ट्रिय सहकारी आन्दोलनमा नेपाललाई स्थापित गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।