News Desk
काठमाडौं-नेपाल चेम्वर अफ कमर्स अन्तर्गत वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन भएको छ । नेपाल चेम्वर अफ कमर्सका कार्यकारीणी सदस्य निरज राइको सभापतित्वमा समिति गठन भएको हो ।
उक्त समितिको सह सभापतिमा पबित्र वज्राचार्य र सदस्यहरुमा अशोक कुमार श्रेष्ठ, मनोज श्रेष्ठ, धीरज श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ र राजेन्द्र सिँखडा मनोनित भएका हुन । नव नियुक्त पदाधिकारी तथा सदस्यहरुलाई शनिवार नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र प्रदान गरेका छन् ।