पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र रेहमानबीच भेट
News Desk
Jul-07 , 2021 तारिख 10:51 बिहान


काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी समितिकी विदेश विभाग प्रमुख शेरी रेहमानबीच इस्लामावादमा भेटवार्ता भएको छ । 
भेटवार्ताको दौरान नेपाल–पाकिस्तान सम्बन्ध, सार्क तथा क्षेत्रीय सहयोगको विषयमा कुराकानी भएको नेपाली राजदूत अधिकारीले जनाएका छन् । भेटवार्तामा दुवै पक्षले नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै मजबुद बनाउने प्रतिबद्धता जनाएका थिए । भेटमा संसदीय भ्रमण, व्यापार, पर्यटन, लगानी, संस्कृति र जनताहरुबीच भ्रमण गराउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए । 
भेटमा रेहमानले आफूले नेपाल भ्रमणका बेला गरेको अनुभव पनि सुनाएका थिए ।

Related Post