News Desk
काठमाडौँ — असार २५, २०७८।
वि.सं २०३० असार २५ आजैका दिन सिंहदरबारमा आगलागी भएको थियो । सिंहदरबारमा आगलागी भएको ४८ वर्ष भएको छ ।
विद्युत सर्ट भएर राती १० बजे तिर नेपालको केन्द्रिय प्रशासनिक भवन सिंहदरबारमा आगलागी भएको थियो।
आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएका थिए ।
१७ सय कोठा तथा विभिन्न चोकहरू भएको दरबार बनाउन १ वर्ष लागेको थियो भने चन्द्र शम्शेरले सन् १९०४ सालमा व्यक्तिगत २५ लाख रूपैँया खर्चेर यो भव्य दरबार निर्माण गराएका थिए ।
चन्द्रशमशेरले निर्माण गरेको उक्त भवन जलेपछि तत्कालीन प्रधानमन्त्री किर्तिनिधि विष्टले राजीनामा दिएका थिए ।