नेपाल चेम्वर अफ कमर्सद्धारा संधोधित नेपाल भारत रेल्वे सम्झौताको स्वागत
News Desk
Jul-11 , 2021 तारिख 02:13 बेलुका

काठमाडौँ —  असार २७, २०७८।

नेपाल चेम्वर अफ कमर्सले नेपाल भारत वीच  सम्पन्न संधोधित रेलवे सम्झौताकोे स्वागत गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संशोधित प्रावधानहरु अनुसार प्रस्तुत सम्झौता दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्धमा कोशेढुंगा हुने बताउदै यसका लागि दुवै देशका सरकारलाई धन्यवाद समेत दिए । 

अध्यक्ष मल्लले यसबाट नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने  राय पेश गर्दै चेम्वरले बिगत धेरै समय देखि व्यवसायीक लागत घटाउन पारवहन लागतमा कमी हुनुपर्नेमा जोड दिदै आएकोमा यस संशोधित सम्झौताले पारवहन लागतमा कमी हुन गइ नेपाली उत्पादनका मालवस्तुहरु प्रतिस्पर्धी  हुने बिश्वास राखे ।  यसबाट वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने समेत उनले बताए ।