भारतमा अलपत्र नेपाली बोकेर आउँदै गरेको बस दुर्घटना, चार जनाको मृत्यु
News Desk
Jun-04 , 2020 तारिख 12:32 बेलुका

कैलाली, जेठ २२ । भारतको रत्नागिरीमा अलपत्र परेको नेपाली बोकेर कैलालीको गौरिफन्टा नाका आउदै गरको बस दुर्घटनामा परेको छ ।

बुधबार राती नासिकमा भएको उक्त दुर्घटनामा ड्राइभर सहित चार जनाको घटना स्थलमै मृत्यु भएको छ । घाइतेहरुको संख्या घेरै रहेको र केहि घाइतेहरुको अवस्था गम्भिर रहेको जनाइएको छ । मृतक तथा घाइतेको विवरण आउन बाँकी ।