छाक टार्न समस्या परेकाहरुको साहारा बन्दै – नेकोस
News Desk
Jul-13 , 2021 तारिख 11:09 बिहान


काठमाडौं ।नेपाल कोरिया कल्चर एक्सचेञ्ज एन्ड सोशियल अर्गनाइजेसनले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ८ सेन्ट जोन्स स्कुल र कपन आसपासमा क्षेत्रमा उपहारस्वरूप एक परिवारलाई कम्तीमा एक महिनाको लागि पुग्ने खाद्यान्न वितरण गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस र त्यसको संक्रमण रोकथामको लागि भनेर भएको निषेधाज्ञाको कारण दैनिक ज्याला,मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई संस्थाले ‘हुनेले दिने र नहुनेले लिने’अभियान अन्तर्गत सानो भए सहयोग होस भनेर केही दिनदेखि राहत वितरण गर्दै आएको समाजसेवी एवम् अभियन्ता सस्थाको उपाध्यक्ष कृष्ण माया तामाङले बताइन् ।

अभियानले अहिलेसम्म झण्डै १२६ परिवारलाई राहत वितरण गरिसकेको छ ।‘हाम्रो संस्था सामाजिक हकहितमा काम गर्ने भएकाले यो बेला केही गर्नुपर्छ भनेर सक्रियता देखाएका हौं’ तामाङले भने‘सरकार,सम्वन्धित सरोकारवाला र यस्तै प्रकारका सामाजिक संघसंस्थाको सहकार्यमा नागरिकलाई आइपरेको समस्याबाट मुक्ति दिलाउनुपर्छ ।

अभियानमा निःस्वार्थ रुपमा धेरै सहयोगी दाताको पनि उत्तिकै भूमिका रहेको स्पष्ट पारेकी छिन ।अभियानका संस्थापक अध्यक्ष युवा समाजसेवी अक्कल बहादुर तामाङ काम बिशेशले देश बाहिर हुनुहुन्छ वहाँ को उपस्थिति नभए पनि अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने पनि बताइन्।


अभियानमा सहयोग गर्नेहरुलाई हार्दिक सम्मान व्यक्त गरेका छन् ।अभियानलाई सहयोग गर्न चाहनुहुने दाताहरुले कृष्णमाया तामाङ ९८५११५१८१६ र सुदर्शन वस्नेतलाई ९८४१४४३०३९ मा सम्पर्क गर्न सकिने पनि अभियानले जनाएको छ ।

Related Post