दक्षिण कोरियाले कामदारको ज्याला वृद्धि गर्ने
News Desk
Jul-14 , 2021 तारिख 07:21 बिहान

सोल-दक्षिण कोरियाले कामदारको ज्याला वृद्धि गर्ने भएको छ । सोमबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिले सन् २०२२ का लागि अहिलेको ज्यालामा ५.१ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार १ सय ६० वन ९९ सय रुपैयाँ बनाएको हो ।


मासिक रुपमा कामदारको न्यूनतम तलब १९ लाख १४ हजार ४ सय ४० ९ करिब १ लाख ९० हजार रुपैयाँ० वन प्राप्त गर्ने छन् । ओभर टाइम र सार्वजनिक बिदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनेछन् ।

यो निर्णय गर्दा मजदुर युनियन र उद्योगी दुवै पक्षले विरोध गरिरहेका छन् । ज्याला निर्धारण समितिमा मजदुर युनियन, उद्योगी र सार्वजनिक क्षेत्रका ९र९ जना सदस्य रहने व्यवस्था छ । मजदुर युनियनले प्रतिघन्टा १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् भने उद्योगीहरुले कोरोना महामारीका कारण उद्योग धन्दा चल्न नसकेको कारण अहिलेको तलबमा १।५ प्रतिशत मात्रै बढाएर ८ हजार ८ सय ५० वन बनाउन प्रस्ताव राखेका थिए ।

धेरै पटकको बैठकमा पनि निष्कर्ष ननिस्किएपछि हिजो भएको बैठकमा उद्योगी र मजदुर युनियनका प्रतिनिधिले विरोध जनाउँदै बैठक छाडे पनि मतदानका आधारमा निर्णय गरेको हो । सरकारी र सार्वजनिक क्षेत्रका प्रतिनिधिले मात्रै मतदान गरेको थिए । समितिले गरेको ज्याला निर्धारण श्रम र रोजगार मन्त्रालयले आगामी अगस्टसम्म अनुमोदन गरेर जनवरी १ देखि लागू गर्नेछ ।

कोरियाली राष्ट्रपति मुन जे–इनले आफ्नो निर्वाचनका समयमा मजदुरको न्यूनतम ज्याला सन २०२० सम्ममा प्रतिघन्टा १० हजार पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । तर उनको कार्यकालको अन्तिम वर्ष पनि उनको प्रतिबद्धता अनुसार तलब वृद्धि भने भएन । तलब वृद्धिले रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया आएका ३० हजार भन्दा बढी नेपाली कामदार लाभान्वित हुनेछन् ।
 

Related Post