वडा स्तरिय कृयाशील सदस्यता वितरणमा विवाद 
News Desk
Jul-14 , 2021 तारिख 03:17 बिहान

काठमाडौं- काठमाडौं जिल्ला क्षेत्र नं ३ अन्तर्गत गोकर्ण नगरपालिका वडा नम्बर ४ मा  नेपाली कांग्रेस वडा स्तरिय कृयाशील सदस्यता वितरणमा विवाद देखिएको छ। स्थानिय अधिबेशन नजिकिदै गर्दा आसान्न नेतृत्वको राजनितिको उतारचढाव पनि देखिएको छ। केही दिन पहिला गोकर्ण नगरपालिका वडा नम्बर ४ मा  कृयाशील सदस्यता विवाद बारे नेपाली कांग्रेस क्षेत्रीय कोषाध्यक्ष किरण केसीले  वडा नं ४ को कृयाशील सदस्यता विवाद बारे विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा आफ्नो गल्तिको ढाकछोप गर्न  क्षेत्रीय सभापती तथा सचिवलाई कृयाशील सदस्यता विवादको दोषारोपण गरि आफू चोखिने प्रयास गरेका थिए। नेपाली कांग्रेसका संगठनलाई मजबुत बनाउन अहोरात्र संगठनमा कृयाशील रहि पार्टीको विधि-विधानलाइ अक्षरस पालना गरि संगठन मजबुत बनाउनको लागि खटिदै आएका पुराना सदस्यहरुको नविकरण नामावली नविकरण गर्नुपर्ने कृयाशील सदस्यहरुको नाममा काठमाडौं जिल्ला क्षेत्र नं ३ का क्षेत्रीय कोषाध्यक्ष एवं पदाधिकारी समेत रहेका किरण केसीले उक्त व्यक्तिहरुको नाम काटी आफ्नो छोरा प्रफुल्ल केसी सहितको नयाँ नामावलि तयार पारेको बुझिएको छ । पूराना सदस्यहरुको नविकरण सतप्रतिशत रुपमा गर्ने भन्ने निर्णयलाइ समेत लत्याइ छोरा सहित  अन्य ८  जना कृयाशील सदस्यको नाममा इकाइबाट सर्वसहमत रुपमा आफ्ना आफन्तहरुको नयाँ नाम नविकरण नामवलिमा समावेश गरेको पिडितहरुले बताएका छन् ।  आफ्नो पदको दुरुपयोग गरि नेपाली कांग्रेसको विधि-विधानलाइ समेत लत्याएर पार्टि विपरित कार्य गरेको प्रमाणित भएको पिडितहरुले बताएका छन्  ।

 

उक्त पुराना नविकरण गर्नपर्ने नामावलिमा आफ्नो छोराको साथै अन्य ८ जना आफ्ना-आफन्तहरुको नामावली समावेश गरिएको नामहरु तपशील बमोजिम रहेको छ:

 

नविकरण गर्नपर्ने नामावलिहरु

१) हरि कृष्ण श्रेष्ठ - कृ.न. २६०००३५९२ बाबुको नाम: भक्ती बा. श्रेष्ठ 

२) डोल्मा डङ्गोल - कृ.न. २६०००३५८६ बाबुको नाम: कालू डङ्गोल

३) राजकुमार श्रेष्ठ - कृ.न. २६०००३५८९ बाबुको नाम: सानू बाबू श्रेष्ठ 

४) पदम घिसिङ्ग - कृ.न. २६०३०२०१०२० बाबुको नाम: कुमार घिसिङ्ग

५) हरि काजी श्रेष्ठ - कृ.न. २६०३०२०४००१ बाबुको माम: माइला श्रेष्ठ 

६) राजकुमार श्रेष्ठ - कृ.न. २६०३०२०४००२ बाबुको नाम: राम कृष्ण श्रेष्ठ 

७) सिर्जना बस्नेत - कृ.न. २६०३०२०४००३ बाबुको नाम: सिद्धिलक्ष्मी श्रेष्ठ 

८) विश्नु भक्ती श्रेष्ठ - कृ.न. २६०३०२०६००१ बाबुको नाम:  सिद्धिलक्ष्मी श्रेष्ठ 

 

नविकरण क्रीयाशील सदस्यको नामावली हटाइ थपिएका नयाँ क्रीयाशील सदस्यहरु

 

१) प्रफुल्ल के.सि. - कृ.न. २६०००३५९२ बाबुको नाम: किरण केसि

२) आरती पौडेल - कृ. न. २६०००३५८६ बाबुको नाम: चेत बा. पौडेल

३) सुनिता सन्जेल - कृ.न. २६००९३५८९ बाबुको नाम: कृष्ण प्रसाद सन्जेल

४) जीत बा. तामाङ्ग - कृ.न. २६०३०२०१०२० बाबुको नाम: पदम बा.तामाङ्ग

५) उपासना ढुङ्गाना - कृ.न. २६०३०२०४००१

६) अम्बिका पौडेल - कृ.न. २६०३०२०४००२ बाबुको नाम: शिव प्र. पौडेल

७) मैयाँ ढकाल - कृ.न. २६०३०२०४००३ बाबुको नाम :

धननाथ ढकाल

८) विश्णु थापा ( नयाँ नाम) - कृ. न. २६०३०२०३६१२

 

गोकर्णेश्वोर नगरपालिकाका उपमेयर एवं नेपाली कांग्रेसका क्षेत्रीय सचिव शान्ति नेपाललाई बदनाम गर्ने उदेश्यले प्रेरित भै केन्द्रले उपलब्ध गराएको वेब साइटको पासवर्ड दुरुपयोग भयो भनी बिलाउना गर्ने किरण केसीले माथी उल्लेखित आफ्नो छोरा लगायतका अन्य व्यक्तिहरुको नयाँ नाम समावेश गरि नविकरण गर्नुपर्ने व्यक्तिहरुको नाम हटाइ नयाँ नाम समावेश गर्ने वेब साइट पासवर्ड कहाँबाट पाए? उक्त कार्यले नेपाली कांग्रेस  क्षेत्र न.०३ मात्र नभइ सिङ्गो पार्टिलाइ बदनाम गर्ने उद्देश्यले प्रेरित भइ क्षेत्रीय पदाधिकारी जस्तो गरिमामय पदमा आसिन व्यक्तिको उक्त कार्यले नेपाली कांग्रेस क्षेत्र न.०३ मा अन्य संगठनबाट परिचालित त छैन भन्ने आम नेपाली कांग्रेस जनहरुमा शंका पैदा भएको छ।केही महिना अगाडि अब देखि कुनै पार्टिमा पनि सङ्लग्न छैन भनि सामाजिक सन्जालमा पोस्ट गरेको केसी को हालको हर्कतले पार्टिको गोप्य दस्तावेज तथा सुचनाहरु अन्य संघसंगठनलाई दिइ नेपाली कांग्रेस क्षेत्र.न.०३  कमजोर बनाइरहेको त छैन?

 

धेरै पढिएको