News Desk
तनहुँ देवघाट: देवघाट /" स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद" भन्ने मुल नाराका साथ देवघाट खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ । देवघाट ब्याडमिन्टन संघको प्रथम बार्षिकोत्सवको अवसर पारेर उक्त खुल्ला ब्याडमिन्टन प्रतियोगिता राखिएको हो । देवघाट गाउँपालिका वडा नम्बर ५ को धर्मास्थ अस्पताल नजिकै रहेको ब्याडमिन्टन कोर्टमा सो प्रतियोगिता भएको छ ।
ब्याडमिन्टन प्रतियोगिता सुभारम्भमा कार्यक्रमका प्रमुख अतिथि एवम् देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले जुनसुकै खेलले पनि व्यक्तिमा मानसिक र शारीरिक दुवै क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए । उनले बिना काममा समय बर्बाद गर्नु भन्दा खेलमा समय बिताउन खेल प्रेमीहरूलाई आग्रह गर्दै यस ब्याडमिन्टन खेललाई अझ अघि बढाउन अनुरोध गरेका छन् । थापाले अझै पनि दलित र जनजातिहरू दुव्यसनीमा लागेको बताउदैँ व्यक्तिले समयलाई सहि मार्गतिर डोर्याउन नसक्नु नै दुव्यसनीको मुल समस्या रहेको बताएका छन् । उहाँले अब खेललाई दुव्यसनी हटाउने एउटा औषधिको रूपमा प्रयोग गर्न युवाहरूलाई अपिल गरेका थिए । आगामी आर्थिक वर्षमा मधुकव्वड हल, देवघाट गाउँपालिका स्तरिय कोटा रंगशाला र भर्जनखोला रंगशाला लगाएत अधुरै रहेको कामहरूलाई छिट्टोभन्दा छिटो सम्पन्न गर्ने प्रतिवद्वता प्रमुख थापाले गरेका छन् ।
सोही समारोह माझ अध्यक्ष थापाले घण्टाचुलि गण्डकी प्रदेश कै उत्कृष्ट पर्यटकीय स्थल भएको जिकिर समेत गरेका छन् । पर्यटकको लागि क्यामफाएर गर्न मिल्ने, पिकनिक जान पाईने, एकान्त वातावरण, रमणीय, हरियाली, हिमालपहाड जताततै देखिने भएकोले घण्टाचुलि उत्कृष्ट स्थल रहेको उनले दाबी एवम् तर्क पेश गरे । .
कार्यक्रममा देवघाट गाउँपालिका स्तरिय नेपाली काङ्ग्रेसका सभापति प्रेमवहादुर गुरूङ, देवघाट गाउँपालिका स्तरिय माओवादी केन्द्रका अध्यक्ष भुवन सिं गुरूङ, राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य एवं देवघाट खेलकुदका उपाध्यक्ष सान श्रेष्ठ, देवघाट युवा तथा खेलकुदका अध्यक्ष सुकु गुरूङ लगाएतका खेलप्रेमिहरूको सहभागीता रहेको थियोे ।