प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीको भेटवार्ता
News Desk
Jul-15 , 2021 तारिख 08:26 बिहान

काठमाडौं — असार ३१, २०७८। 

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राजदूत र्‍यान्डी बेरीसंग भेटवार्ता गरेका छन । प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमै पुगेका हुन ।

आफ्नो ट्वीटर ह्याण्डलमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने उल्लेख गरेका छन ।

यसअघि मंगलबार नै राजदूत बेरीले प्रधानमन्त्रीको शपथ सकिनासाथ सामाजिक सञ्जालमार्फत् देउवालाई बधाई दिएका थिए ।

धेरै पढिएको