News Desk
म्याग्दी — असार ३१, २०७८।
मनसुन शुरु भएयता म्याग्दीमा बाढी, पहिरो र कटानले ८३ घरमा क्षति पुगेको छ । बाढी, पहिरो र कटानले म्याग्दीका ८३ घर भत्किएका हुन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार थप १२ घरमा आंशिक क्षति पुगेको छ भने १ सय ४४ घर उच्च जोखिममा रहे्का छन । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएको जनाएका छन ।
जिल्ला प्रशासन कार्यालयले पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई ९ लाख ६० हजार रुपैया र मृतक २ जनाका परिवारलाई ३ लाख रुपैया उपलब्ध गराएको छ । पहिरोबाट विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन र सामूहिक टहरा बनाएर बसेका छन् ।