News Desk
काठमाडौँ -नेपाललाई चीनले कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप दिने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अनुदानमा थप १६ लाख डोज खोप दिने बताएकी हुन् ।यसअघि दुई पटक गरी चीनले १८ लाख डोज खोप अनुदानमै दिएको थियो ।
![]()
राजदूत यान्छीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'कोभिड १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चीनको निरन्तर सहयोग रहने छ । राजदूत यान्छीले प्रधानमन्त्रीसँग नेपाललाई चीनले थप १६ लाख डोज कोभिडविरुद्ध खोप दिने निर्णय भएको जानकारी गराउनुभएको छ ।'
