२४ घण्टामा २ हजार ६ मा कोरोना पुष्टि, १ हजार ७७५ जना संक्रमणमुक्त
News Desk
Jul-17 , 2021 तारिख 01:09 बिहान

 


काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ६ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ५६९ परीक्षणबाट ९३० जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार १८२ परीक्षणमा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६४ हजार ५७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ छ ।नेपालमा कोरोना संक्रमणबाट थप ४३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ५०६ पुगेको छ ।