एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगरले गरे उम्मेदवारी घोषणा [भिडियो सहित]
News Desk
Jul-18 , 2021 तारिख 05:14 बेलुका

लण्डन - गैर–आवासीय नेपाली संघ यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारीघोषणा गरेका छन् । बिहीबार साँझ आयोजित एक भव्य समारोहमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेकाहुन् ।

अल्डरशटस्थित एम्पायर हलमा सीमित व्यक्तिहरुको उपस्थितिसहित जुममार्फत आयोजित घोषणामाबेलायतवासी नेपाली समुदायको व्यापक सहभागिता रहेको थियो ।

गैर–आवासीय नेपाली संघका अभियन्ताहरु, बेलायतस्थित नेपाली समाज सम्बद्ध संघ संस्थाहरुका अध्यक्षतथा पदाधिकारीहरु, जातीय तथा क्षेत्रीय संस्थाका प्रमुखहरु, भूतपूर्व ब्रिटिश गोर्खा सम्बद्ध संस्थाका अध्यक्षतथा पदाधिकारीहरु, गैर–आवासीय नेपाली संघ, आइसीसीका सदस्यहरु तथा यूरोप क्षेत्रीय समितिकापदाधिकारीहरुसहित यूकेका पञ्जीकृत सदस्यहरु तथा शुभेच्छुकहरुको सहभागितामा आयोजित समारोहमागाहा मगरले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए (एनसीसी) यूकेको आगामी कार्यकाल २०२१–२०२३ का लागि नेतृत्व चयनका लागि यही ३१जुलाईमा निर्वाचन हुँदै छ ।

साढे दुई दशक लामो यूके बसाई र त्यसक्रममा एनआरएनए अभियानमा सहभागी भई हालसम्म गरेकाकामहरुको आधारमा एनसीसीलाई नयाँ दिशा प्रदान गर्ने र सबैले विश्वास गर्ने संस्था बनाउने प्रतिबद्धतासहितगाहा मगरले उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रत्यक्ष प्रसारणको भिडियो
https://fb.watch/6N85b_vM-I/

सात–बुँदे एजेण्डासहित उम्मेदवारी घोषणा गरेका गाहा मगरले संस्थालाई पारदर्शी बनाउने, पूर्व गोर्खाहरुकोसमस्या समाधानमा नेतृत्वदायी पहल गर्ने, नेपाल हाउस परियोजनालाई पूर्णता दिने, नेपाली नागरिकतानिरन्तरता र नेपालस्थित पुर्ख्यौली सम्पत्तिमाथिको अधिकार, नेपालमा लगानी अभिवृद्धि र पर्यटन प्रवर्द्धन, संस्था सुदृढीकरण तथा सदस्यताका लागि नयाँ प्रावधान, युवा तथा महिलाको उत्साहजनक सहभागिता रसशक्तीकरण लगायतका मुद्दालाई आफ्नो कार्ययोजनामा समेटेका छन् ।

आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै गाहा मगरले भने, ‘संस्थाको पारदर्शिता र सुदृढीकरणसहितका मेराअजेण्डा मेरा मात्रै नभएर समग्र एनआरएनएका सदस्य र प्रवासी नेपालीहरुका अजेण्डा हुन् । यसमा सबैकोसाथ, सहयोग र समर्थन प्राप्त हुने छ भन्ने विश्वास लिएको छु ।’

समाज सेवा लिनका लागि नभई योगदान दिनका लागि हो भन्ने कुरामा आफू पूर्ण जानकार रहेको बताउँदै गाहामगरले आगामी दुई वर्षका लागि सातै दिन चौबीसै घण्टा एनआरएनए र सामाजिक कार्यमा संलग्न रहने उनलेघोषणा गरे ।

तमू समाज यूकेको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, वर्तमान अध्यक्ष शिवकुमार गुरुङ, निवर्तमान अध्यक्षशिवचन्द्र गुरुङले भने व्यस्ततकोका कारण टेलिफोन मार्फत शुभकामना दिएका थिए । प्रवासी नेपाली मञ्चयूकेका अध्यक्ष सहारा यूकेको संस्थापक अध्यक्ष नविन गुरुङ र गुल्मी जिल्ला समाज यूकेका संस्थापकअध्यक्ष ओम थापा काउचाले पनि शुभकामना व्यक्त गरेका थिए ।

घोषणासभाको अध्यक्षता गरेका एनआरएनए अभियन्ता शेरबहादुर सुनारले एनआरएनलाई सही दिशा दिन प्रेमगाहा मगर नै उपयुक्त व्यक्ति रहेको बताए । ‘हाम्रो एनआरएन, राम्रो एनआरएन’ बनाउन र राम्रो समाजनिर्माणका लागि सहमति उपयुक्त विकल्प रहेको बताउँदै कसैको उक्साहटमा नलाग्न उनले सुझाव दिए ।

केही व्यक्तिहरुको उक्साहट र सिण्डिकेटका कारण समस्या आइरहेको बताउँदै सुनारले वास्तवमै सबैकोसाझा संस्था बनाउन अब ढिलाइ गर्न नहुने बताए ।

निर्वाचन समितिलाई खबरदारी

घोषणासभामा सहभागीमध्ये अधिकांश वक्ताहरुले निर्वाचन समितिको क्रियाकलापप्रति आशंका व्यक्त गरे।निर्वाचन समितिको गठनदेखि नै निष्पक्ष निर्वाचन हुनेमा आशा कम देखिएको भन्दै सहभागीहरुले उम्मेदवारीदर्ता गर्ने दिन निर्वाचन समितिले चुनावी कार्यतालिका स्थगित गरेर अलोकतान्त्रिक काम गरेको बताए ।

पूर्व उपाध्यक्ष शेर सुनारले सदस्यता आवेदनको समयदेखि नै अनियमितता गरिएको भन्दै अहिले आएरउम्मेदवारी दर्ता गर्ने दिनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका स्थगित गरेर के गर्न खोजेको हो भन्ने प्रश्नगरे ।

त्यस्तै, नेपाली प्रवासी मञ्च, यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले निर्वाचन समितिले नै कुनै एक व्यक्तिलाईजिताउन षड्यन्त्र गर्न त खोजि रहेको छैन भन्ने आशंका पैदा भएको भन्दै स्वतन्त्र र निस्पक्ष रुपमा काम गर्नआग्रह गरे ।

सभामा व्यापक सहभागिता, उत्साहजनक समर्थन

उम्मेदवारी घोषणासभामा व्यापक सहभागिता देखिएको थियो । झण्डै पाँच घण्टा चलेको घोषणासभा तथाशुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न संस्था र क्षेत्रको प्रतिनिधित्व गर्दै ७० जना भन्दा बढीलेशुभकामना दिए ।

शुभकामना दिँदै वक्ताहरुले प्रेम गाहा मगरले अघि सारेका अजेण्डा र प्रतिबद्धता उचित रहेको भन्दै त्यसलाईकार्यान्वयनका लागि गाहा मगरलार्ई अध्यक्ष पदमा निर्वाचित गराउनुपर्ने बताएका थिए ।

गुल्मी समाजका अध्यक्ष टोप पल्ली मगर, तमु धीं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ, यूकेका निवर्तमान अध्यक्ष नरेश खपांगी मगर, एनआरएनए युकेका पूर्व उपाध्यक्ष राष्ट्र राई, नेप्लिज यूथयूकेका अध्यक्ष धिरज राई, नेपाली कम्युनिटी नर्दन आयरल्याण्डका अध्यक्ष बलबहादुर थापा, मोना यूकेकाअध्यक्ष दल जुग्जाली, गोर्खा समाजका अध्यक्ष कर्ण दर्लामी मगर र बाग्लुङ समाजकी अध्यक्ष छबिमाया पुनलेगाहा मगरलाई संस्थागत समर्थन रहेको स्पष्ट पारेका थिए ।

त्यस्तै, शुभकामना दिँदै साझा नेपाली समाजका अध्यक्ष कृष्णप्रसाद शर्मा, गोर्खा जिल्ला गुरुङ समाजकाअध्यक्ष खडक जित गुरुङ, नेपाल पत्रकार महासंघ यूकेको तर्फबाट विपिन निरौला, किराँत राई यायोक्खा यूकेअध्यक्ष कल्पना राई, मगर संघ यूके अध्यक्ष सुनिल राना, जन प्रगतिशील मंच युकेका अध्यक्ष सुरेश गौतम, तमुप्ये ल्हु संघ युके का अध्यक्ष रण बहादुर गुरुङ, पाल्पाली भन्ज्याङका अध्यक्ष वाचस्पति रेग्मी लगायत दर्जनौंसंघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले एनआरएनए यूकेलाई नयाँ गति दिन प्रेम गाहा मगरको नेतृत्वआवश्यक रहेको बताए ।

त्यस्तै, एनआरएनए अमेरिकाका युवा संयोजक त्रिभुवन पाण्डे, एनआरएनए युरोपका क्षेत्रीय उपसंयोजक शुक्रराज न्यौपाने र आइसीसीका मानार्थ सदस्य रण केसीले निस्वार्थ भावले काम गर्ने गरी अगाडि बढ्न सुझाबदिएका थिएका थिए ।

विभिन्न पदमा उम्मेदवारी घोषणा

सोही समारोहमा एनआरएन, एनसीसी यूकेका लागि विभिन्न पदका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणागरेका थिए । उपाध्यक्ष पदमा सुनीलबाबु खड्का र गोविन्द खरेल, महिला उपाध्यक्षमा विमला लिम्बुलेउम्मेदवारी घोषणा गरेका छन् ।

महासचिव पदमा एनआरएनए यूकेको पूर्व प्रवक्ता खुसी लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै, विष्णु चालिसे र ज्ञानेन्द्र आलेले खुलातर्फको सचिव पदमा र नम्रता गुरुङले महिला सचिव पदमाउम्मेदवारी घोषणा गरेका छन् भने कोषाध्यक्ष पदमा विष्णु खरेलले उम्मेदवारी दिने भएका छन् । यूवा संयोजकपदमा तीर्थ मल्ल (अनिल) र इङ्ल्याण्ड राज्य परिषदको अध्यक्ष पदमा लालबहादुर गुरुङ (एलबीजेडं) गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा सभामा आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पा समावेशी टिमलाईआफूले साँच्चिकै समावेशी पाएको बताए। उनले समाज फोड्न हैन जोड्नमा विश्वास राख्ने व्यक्तिहरु योटिममा रहेको बताए। सभामा सहभागी अन्य वक्ताहरुले पनि नेपाली समाज र संरचना सुहाउँदो टिम निर्माणभएको भन्दै जितका लागि शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन महासचिवका उम्मेदवार खुसी लिम्बुले सहजीकरण उपाध्यक्षका उम्मेदवार गोविन्दखरेल र रुद्र थापाले गरेका थिए । कार्यक्रममा एनसीसी यूकेका उपाध्यक्षहरु सुनीलबाबु खड्का, नारायणकँडेल, मोहन कार्की र रामचन्द्र पोखरेलसहित कार्यसमितिका विभिन्न पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।

अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरका प्रतिबद्धताहरु

आदरणीय बेलायतवासी बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु,

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा लिएर स्थापना भएको गैर–आवासीय नेपाली संघले निकट भविष्यमानै दुई दशक पार गर्दै छ । सन् २००३ मा प्रवासी नेपालीहरुका अगुवाहरुले स्थापना गरेको यो संस्था यति छोटोअवधिमा नै विश्वव्यापी संस्था बनेको छ भने ‘जहाँ नेपाली त्यहाँ एनआरएनए’ भन्ने अभियान साकार भएको छ।

प्रवासमा रहेका नेपालीहरुलाई एउटै मालामा गाँस्ने पवित्र उद्देश्यसहित यस संस्थाको स्थापना गर्नेसंस्थापकहरु, अभियन्ताहरु र पथ प्रदर्शकहरुप्रति हामी आभारी छौं । तपाईंहरुले मार्गदर्शन गरेको बाटोमापदचाप पछ्याउने प्रयास गरिरहेका छौं ।

गैर–आवासीय नेपाली संघको स्थापना र यसको उन्नयनमा बेलायतको छुट्टै महत्व रहेको छ । २००३ माबेलायतबाट एनआरएनएको घोषणा हुँदाको क्षण मलाई अझै ताजै लाग्छ । समयले दुई दशक पार गर्न लाग्यो। तर, त्यतिबेलाको सम्झना पुरानो भएकै छैन ।

प्रवासी नेपालीहरुको हक हित मात्रै नभई मातृभूमिको विकास र समृद्धिमा पनि एनआरएनएका माध्यमबाटसमस्त सदस्यहरुले गरेको योगदान अमूल्य छ । संस्था, पदाधिकारी र सदस्यको हैसियतमा हामीले जतियोगदान गरेका छौं, अझै अपेक्षाकृत भएन कि भन्ने गुनासो पनि आइरहेका छन् । अबको कार्यदिशा यी र यस्तैगुनासाहरुलाई सम्बोधन गर्ने खालको हुनुपर्ने आवश्यकता देखिएको छ ।

बेलायतमा नेपालीहरुको संख्या झण्डै डेढ लाखको हाराहारीमा रहेको अनुमान छ । पञ्जीकृत सदस्यकोसंख्या सानो भए पनि कुनै न कुनै रुपमा हामी सबै जना यस अभियानमा जोडिएका छौं ।

 

Related Post