चेम्बरको उपभोक्ता हित, आपूर्ति सह-सभापतिमा प्रदीपलाल श्रेष्ठ 
News Desk
Jul-20 , 2021 तारिख 06:44 बिहान

चेम्बरको उपभोक्ता हित, आपूर्ति सह-सभापतिमा प्रदीपलाल श्रेष्ठ 

काठमाडौं-नेपाल चेम्बर अफ कमर्सले  देवेन्द्र भक्त श्रेष्ठको सभापतित्वमा गठित उपभोक्ता हित,आपूर्ति, स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय समितिको सह सभापतिमा प्रदीपलाल श्रेष्ठलाई मनोनयन गरेको छ । अध्यक्ष राजेन्द्र मल्लले श्रेष्ठलाई मनोनयन गरेका हुन । श्रेष्ठको ३ वर्षिय कार्यकाल  हुने चेम्बरले जनाएको छ । 

विभिन्न ब्यवसायमा समेत आवद्ध रहेका प्रतिष्ठित उद्योगपति एवं व्यवसायी श्रेष्ठ साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडका संचालक समिति सदस्य एवं ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष हुन। उनी चेम्बरका पुर्व अध्यक्ष ईश्वरलाल श्रेष्ठका जेष्ठ सुपुत्र हुन । 

त्यसैगरि अध्यक्ष  मल्लले उक्त समितिको सल्लाहकारमा योगेन्द्र गौचनलाई मनोनयन गरेका छन् । गौचन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पूर्व महानिर्देशक हसने । साथै उक्त समितिको  सदस्यहरुमा  अमर बाँनिया, ओमप्रकाश वंशल, नरेश शाही,  प्रेमबहादुर श्रेष्ठ लवकुमार श्रेष्ठ, चन्द्र बहादुर थापा, राजमान डंगोल, प्रमोद गुप्ता,  अनिल शर्मा,  राजकुमार दाहाल,  शुभेन्द्र जोशी, राकेश कुमार गुप्तालाइ मनोनयन गरेका छन् । उपभोक्ता हित,आपूर्ति, स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय समितिका सल्लाहकार ,सह सभापति तथा सदस्यहरुलाई अध्यक्ष  मल्लले सोमबार नै मनोनयन पत्र प्रदान गरेका छन् । 

Related Post