ओली सरकारका असंवैधानिक नियुक्ति खारेज गर्न देउवा र दाहालबीच सहमति
News Desk
Jul-20 , 2021 तारिख 08:10 बिहान

काठमाडौं — श्रावण ५, २०७८। 

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा देउवा र दाहालबीच असंवैधानिक ढंगले गरिएका नियुक्ति खारेज गर्ने र साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । छलफलमा सरकारमा विभिन्न दलको सहभागिता र मन्त्रालय बाँडफाँडलगायत विषय पनि कुराकानी भएको छ ।

यसअघि आजै बिहान अध्यक्ष दाहालले जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेट गरेका थिए। उक्त भेटमा समेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको थियो । ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो ।

धेरै पढिएको