गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा प्रेम गाहामगर, दीपक श्रेष्ठ र रोजिना प्रधान राईबीच प्रतिस्पर्धा हुने
News Desk
Jul-21 , 2021 तारिख 07:02 बिहान

लण्डन -गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा प्रेम गाहामगर, दीपक श्रेष्ठ र रोजिना प्रधान राईबीच प्रतिस्पर्धा हुने भएको छ। एनआरएनएको चुनावमा आधिकारिक रुपमा प्यानल बनाउन नमिल्ने भएता पनि सोमबार गरिएको मनोनयनमा उपाध्यक्ष लगायत अधिकाम्षा पदमा प्यानल को आधार मा उम्मेदवारी परेको छ।

दुई उपाध्यक्षका लागि सुनिलबाबु खड्का, तेजेन्द्र रोका, पवन शर्मा, गोविन्द खरेल र ओमन गौचनले उम्मेदवारी दिएका छन् । उत्तरी आयरल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षका लागि नारायण कँडेल र नारायण कुँवरको उम्मेदवारी परेको छ भने स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने एक उपाध्यक्षका लागि मोहन कार्की र छविलाल अर्यालको उम्मेदवारी परेको छ । वेल्सबाट प्रतिनिधित्व गर्ने एक उपाध्यक्षका लागि भने रामचन्द्र पोखरेल निर्विरोध भएका छन्।

यसैगरी एक जना महिला उपाध्यक्षका लागि प्रसुना कँडेल, सरस्वती केसी र शकुन गुरुङको उम्मेदवारी परेको छ ।

यस्तै महासचिव पदमा जीत रानाभाट, डा मुकुन्द बाँस्तोला र खुशी लिम्बुको उम्मेदवारी परेको छ । खुला दुई सचिव पदका लागि विष्णु चालिसे, ज्ञानेन्द्र आले, डी खराल, विशाल गुरुङको उम्मेदवारी परेको छ भने महिला सचिवका लागि नम्रता घले गुरुङ र कल्पना त्रिपाठीको उम्मेदवारी दर्ता भएको छ । यस्तै कोषाध्यक्षका लागि विष्णु खरेल र धनसरी राईको उम्मेदवारी परेको छ ।

सहकोषाध्यक्ष पदका लागि हेम गुरुङ र सशाङ्क शर्माको उम्मेदवारी परेको छ भने महिला संयोजकका लागि विमला लिम्बु र मणिकला गुरुङ, युवा संयोजकका लागि अनिल मल्ल र चन्दन गुरुङको उम्मेदवारी परेको छ ।

राष्ट्रिय समितिका १२ जना सदस्यका लागि २० जनाको उम्मेदवारी परेको छ । जसमा अमित थेबे, ईश्वर महर्जन, सुशील प्रजापति, सपना खनियाँ, विशाल राई, पदम गोले, दीपक सापकोटा, मोहन ओली, भीमलाल खनाल, गीता भण्डारी, पदम शाही, दीपक ढकाल, सुरेश परियार, उपेन्द्र पौडेल, देउमान इजम, चम्पा थापामगर, भानु घिमिरे, चेतबहादुर रानामगर, बालकृष्ण दाहाल, सुमन शर्मा छन् ।

इङल्याण्ड राज्यसमितिमा गुरुङ र रानाभाट

इङल्याण्ड राज्यसमितिको अध्यक्षमा लालबहादुर गुरुङ र डा मीन रानाभाटको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा भक्त दर्जी र शक्ति घिमिरेको उम्मेदवारी परेको छ । वेल्सको अध्यक्षमा कृष्ण भण्डारी र उपाध्यक्षमा अमृत घलेको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदमा दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई मिलाउने प्रयास असफल भए पछि त्यसको फाइदा प्रेम गाहा मगरलाई हुन सक्ने आकलन गरिएको छ । भूतपूर्व गोर्खा सैनिक तथा गोर्खा विभागका प्रमुख संयोजक पनि रहेका मगरले यस अघि दुइ कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् l

Related Post