इंग्ल्यान्डलाई ट्वान्टी–ट्वान्टी सिरिज
News Desk
Jul-21 , 2021 तारिख 01:53 बेलुका

नटिङ्घम —  श्रावण ६, २०७८। एजेन्सी

इंग्ल्यान्डले तेस्रो तथा अन्तिम खेलमा मंगलबार पाकिस्तानलाई तीन विकेटले पछि पार्दै ट्वान्टी–ट्वान्टी सिरिज २–१ ले जितेको छ । इंग्ल्यान्डले जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याइरहेको थियो ।

रोमाञ्चक खेलमा इंग्ल्यान्डले १९.४ ओभर उपयोग गर्दै सात विकेटमा आवश्यक रन बनायो । जेसन रोयले ३६ बलमा आक्रामक ६४ रन बनाए ।

पाकिस्तानी स्पिनरले खेलको अन्त्यतिर दबाब सिर्जना गरेपछि इंग्ल्यान्डले जितका लागि संघर्ष गर्नुपरेको थियो । यसअघि पाकिस्तानले ६ विकेटमा बनाएको १ सय ५४ रनमा मोहम्मद रिजवानले ७६ रन बनाउँदै नटआउट रहे ।

(कान्तिपुर दैनिक)