श्रीलंकाविरुद्धको एकदिवसीय शृंखला भारतलाई
News Desk
Jul-21 , 2021 तारिख 01:55 बेलुका

काठमाडौँ — श्रावण ६, २०७८।

भारतले श्रीलंकालाई मंगलबार तीन विकेटले पराजित गर्दै तीन एकदिवसीय शृंखला जितेको छ । पहिलो र दोस्रो खेल जितेपछि शृंखला भारतको पक्षमा गएको हो ।

दोस्रो खेलमा दीपक चाहर भारतका लागि ब्याटिङ र बलिङ दुवैबाट नायक सावित भए । पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा नौ विकेट गुमाएर २ सय ७५ रन बनायो । त्यसमा चरिथ एसलन्काले सर्वाधिक ६५ रन बनाए ।

जवाफमा हारतर्फ अग्रसर देखिएको भारतका लागि चाहरले ८२ बलमा नटआउट रहेर ६९ रन बनाए र टिमले ४९.१ ओभरमा सात विकेट गुमाएर २ सय ७७ रन बनायो । बलिङतर्फ चाहरले ८ ओभरमा ५३ रन खर्चिँदै २ विकेट लिएका थिए ।

अब तेस्रो खेल शुक्रबार हुनेछ ।

(कान्तिपुर दैनिक)