News Desk
काठमाडौँ — श्रावण ६, २०७८।
प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन ।
आज बिहान प्रधानमन्त्री निवास बाुलवाटारमा यी दुई नेताबीच भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
यसअघी प्रधानमन्त्री देउवालाई विश्वासतको मत दिने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ ।
आज प्रधानमन्त्रीसँगको भेटमा दुवै नेताबीच यस विषयमा पनि छलफल भएको बताइएको छ ।