भिम रावललाई भेट्न माधवकुमार नेपाल पुगे उनको निवासमा
News Desk
Jul-22 तारिख 07:30 बिहान

काठमाडौँ -नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भिम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । बुधबार रावललाई भेट्न नेपाल उनको निवास गएका हुन् ।  बुधबार दिउँसो बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यहरुको छलफलमा उपस्थित नभएपछि रावललाई भेट्न नेपाल उनको निवास पुगेका हुन् । गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेमा नेपालसँग विवाद भएपछि रावलले सोही दिन सांसद पदबाट राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भएको छैन ।

नेपाल र रावलबीच कार्यदल तहमा भएको १० बुँदे सहमतिका विषयमा पनि विवाद छ । नेपालको पक्षबाट रावल संयोजक रहेको कार्यदलले पार्टी एकताका लागि असार २७ गते १० बुँदे सहमति गरेको थियो । तर, सहमतिमा नेता नेपालले असहमति जनाएका छन् ।