उपभोक्ता सचेतना अभियानको क्रममा राष्ट्रिय उपभोक्ता मञ्च रुपन्देहीको सिद्धार्थ नगरमा
News Desk
Jul-23 , 2021 तारिख 02:52 बेलुका

रुपन्देही - राष्ट्रिय उपभोक्ता मञ्च उपभोक्ता सचेतना अभियानका क्रममा रुपन्देहीको सिद्धार्थ नगर पुगेको छ ।  यसै  माझ राष्ट्रिय उपभोक्ता मञ्च रुपन्देहीले विहिबार  उपभोक्ता सचेतना एवम परिचयात्मक कार्यक्रम सम्पन्न गरेको  छ । कार्यक्रम बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलको प्रमुख आतिथ्यता  तथा रूपन्देहका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।  मञ्चका जिल्ला अध्यक्ष सुरेन्द्र कुमार क्षेत्रीको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा जिल्लाका सिद्धार्थ नगर तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्षहरु, जिल्लाको कार्यालय प्रमुखहरू, सञ्चारकर्मी, उपभोक्ता अधिकारकर्मीहरुको प्रतिनिधिमुलक उपस्थिति रहेको थियो ।  

मंचले अन्तर्कियात्मक शैलीमा उपभोक्ता सचेतना कार्यक्रम गरेको थियो ।  सो अवसरमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले उपभोक्ता शिक्षालाई फैलाउन सके मात्र पनि उपभोक्ताहरु थप रुपमा लाभान्वित बन्न सक्ने आशय व्यक्त गर्दै मंचले गरेको कार्यको सर्हाना गरे ।  

त्यसैगरि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गले उपभोक्ता सचेतना कार्यक्रम आजको आवश्यकता भएको बताउदै  जिल्लामा कार्यक्रम आयोजनामा आउनु सुखद भएको आशय सहितको मन्तव्य राखे ।  कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता जागरण बेगर राष्ट्रिय समृद्धी  हासिल हुन नसक्ने बताउदै सरकारले  उपभोक्ता हितका निम्ती जागरणमुलक गतिविधीलाई प्राथमिकता दिदै जानुपर्ने खाँचो  औंल्याए ।  

 

Related Post