News Desk
तनहु/ म्याग्दे गाउँपालिकाले शिवशक्ति युवा क्लवलाई उत्कृष्ट युवाक्लव छनाैट गरि सम्मान गरेकाे छ । गाउँ पालिका भित्रका युवाक्लव मध्ये शिवशक्ति युवाक्लवले सामाजिक, सास्कृतिक क्षेत्रमा उत्कृष्ट कार्य गरेकाे भन्दै सम्मान गरिएकाे हाे ।
गाउँ पालिकाकाे वजेट सार्वजनिक समाराेहका अवसरमा क्लबका अध्यक्ष रमेश अधिकारीलाई जिल्ला समन्वयन समितिका प्रमुख शान्ति रमण वाग्ले , गाउँ पालिका अध्यक्ष मायादेवि राना अाले , उपाध्यक्ष वालकृष्ण घिमिरेले देसल्ला तथा प्रमाणपत्रद्वारा सम्मान गर्नुभएकाे हाे । सामाजिक क्षेत्रमा क्वलले काेभिड १९ नियन्त्रण तथा राेकथामका साथै सामाजिक कार्यकाे मुल्यांकन गाउपालिकाले गरेकाले शवशक्ति युवाक्लवले सम्मान प्राप्त गरेकाे अध्यक्ष अधिकारिले जानकारि दिए ।
क्वलले गरेकाे कार्यकाे मुल्यांकन गरि सम्मान पाएकाेमा गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशनसकिय अधिकृतलाई क्वका अध्यक्ष अधिकारिले धन्यवाद दिएकाछन् । क्लवमा वडा न २ का ४५ भन्दा वढि युवाहरू सदस्य रहेका छन् । म्याग्दे २ स्थित पिपलडिहिमा उक्त युवाक्लवकाे कार्यालय रहेकाे छ ।