News Desk
काठमाडौँ - ललितपुरको फुल्चोकीमा भेटिएको च्याउ प्रजातिको हिसाबले विश्वमै नयाँ भएको पुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वरिष्ठ वैज्ञानिक अधिकृत जयकान्त राउतको टोलीले नयाँ च्याउ पत्ता लगाएको हो ।
९ वर्षअघि फुल्चोकीस्थित कटुसको जंगलमा यो च्याउ भेटिएको थियो । राउतसँगै अनुसन्धानकर्ता टोलीमा ओम वासुकला, रचना श्रेष्ठ र रामचन्द्र पौडेलसमेत संलग्न थिए ।
यो च्याउलाई ‘स्क्लेरोडर्मा नास्टी’ नाम दिइएको छ । संस्थाको सम्मान र विश्वमा विशिष्ट पहिचानसहित उपस्थितिका लागि पछाडि ‘नास्टी’ पनि जोडिएको च्याउमै विद्यावारिधिसमेत गरेका अनुसन्धानकर्ता राउतले बताए । उनका अनुसार आलुजस्तो देखिने भएकाले यसलाई ‘गेस्टोराइड फन्जाई’ समेत भनिन्छ । पहेंलो रंगको यो च्याउ २ हजार ७ सय ६२ मिटरको उचाइमा फेला परेको थियो ।
यो प्रजातिसँगै नेपालमा स्क्लेरोडर्मा जेनसअन्तर्गत च्याउका १० प्रजाति पुगेका छन् । नयाँ च्याउ खान मिल्छरमिल्दैन भनेर अनुसन्धान भइरहेको छ । ‘नेपालमा स्क्लेरोडर्मा जेनसका आधा दर्जन प्रजातिका च्याउ खान मिल्छ,’ राउतले भने, ‘विश्वमा स्क्लेरोडर्माका मात्रै १ सय ८४ प्रजाति च्याउ भेटिएको रकेर्ड छ ।’ विश्वमा अनुमानित १ लाख ६० हजार च्याउमध्ये १६ हजार प्रजाति मात्रै पत्ता लागेका छन् । नेपालमा भने करिब १ हजार ३ सय प्रजातिका च्याउ भेटिएका छन् ।