नेपालमा डेल्टा भेरियन्टको उत्परिवर्तन भएको थप ३ वटा नमुना
News Desk
Jul-28 , 2021 तारिख 08:26 बिहान

काठमाडौँ -नेपालमा बढी संक्रामक मानिएको कोभिड १९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको छ ।\
मन्त्रालयबाट जेठ मध्यदेखि असार मसान्तसम्म संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी नमुनाहरु सिक्वेन्सिङका असार ३० गते भारत पठाएको थियो ।देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट नमुना लिने काम गरिएको थियो । 

यो सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर पार्ने अध्ययनहरुले देखाएका छन् ।
 

Related Post