नेपाल तरुण दल देबघाटद्वारा देबघाट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग
News Desk
Aug-04 , 2021 तारिख 12:49 बेलुका

 

आशिक राना/देवघाट तनहुँ-तनहुँको देवघाट गाउँपालिकालाई नेपाल तरुण दल देबघाटले विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागि अक्सिजन कन्सन्ट्रेटर,दुई थान पि.पि.ई,२० थान क्यानुला माक्स र सेनेटाइजर सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।  उक्त सामाग्रीहरु नेपाल तरुण दल देबघाटका अध्यक्ष बल बहादुर क्षेत्रीले देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई मंगलबार एक कार्यक्रम माझ हस्तान्तरण गरे ।  

सो अवसरमा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले विश्व महामारीको रुपमाफैलिएको कोविड१९ कोरोना भाइरस रोकथाम नियन्त्रणको लागी स्वास्थ्य सामाग्री सहयोग गरेकोमा 
नेपाल तरुण दल देबघाटलाई गाउँपालिकाको तर्फबाट धन्यवाद दिए ।  साथै अध्यक्ष थापाले विपदको सामना गर्न सबै एकजुट हुनेपर्ने बताए । कोरोनाको उदाहरण दिदै उनले भने, ‘यो पार्टी, त्यो पार्टी भन्दा पनि सबै मान्छेमाथी आएको आपत विपत छ, सबै मिलेर समाधान गर्नुपर्छ’ ।

कार्यक्रममा नेपाल तरुण दल देबघाटका अध्यक्ष बल बहादुर क्षेत्रीले विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने दायित्व हामी सवैको रहेको बताउदै देवघाट गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताउनुभयो। साथै आगामी दिनहरुमा पनि सहयोग गर्ने बताए ।

सो कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापामगर,देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ,देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ,नेपाली काङ्ग्रेसका देवघाटका पार्टी सभापति प्रेम बहादुर गुरुङ,नेपाली काङ्ग्रेसका देवघाटका पार्टी सचिव कृष्णराज न्यौपाने,कार्यपालिका सदस्य यममाया गुरुङ, देवघाट ४ नम्बर वडा सदस्य पशुपति तिवारी,देवघाट गाउँपालिका प्रशासन साखा प्रमुख गोविन्दप्रसाद पौडेल,देवघाट गाउँपालिका स्वास्थ्य प्रमुख प्रदीप बुढाथोकी, युवा समाजसेवी अमृत सुवेदी र प्रशन्न ढकाल लगाएतको उपस्थिति रहेको थियो।

Related Post