बिहीबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार ९३८ जनामा कोरोना
News Desk
Aug-06 , 2021 तारिख 12:49 बिहान

काठमाडौँ - काठमाडौं उपत्यकामा १ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो । देशभर भने बिहीबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार ९३८ जनामा कोरोना देखिएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण गर्दा ३ हजार ९३८ जनामा सङ्क्रमण देखिएको हो । बुधबार ४ हजार १०७ जनामा देखिएको थियो ।

यस्तै संक्रमणबाट निको हुनेको संख्या विगत २४ घण्टामा २ हजार १२ जना छ । अहिलेसम्म यो संक्रमणबाट निको हुने ६ लाख ६३ हजार ६६३ पुगेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

यस्तै विगत २४ घण्टामा ३७ जनाको यही संक्रमणका कारण निधन भएको छ । अहिलेसम्म ९ हजार ९९४ जना निको भएको मन्त्रालयको तथ्यांक छ ।