धादिङ सदरमुकामस्थित अस्पतालमा ज्वरोका बिरामीको चाप
News Desk
Aug-09 , 2021 तारिख 01:13 बिहान

धादिङ -गए सातादेखि धादिङ सदरमुकामस्थित अस्पतालमा ज्वरोका बिरामीको चाप बढेको छ ।  जेठ-असारमा भन्दाअहिले ज्वरोका बिरामीको चाप बढेको हो ।दैनिकजसो २ सय जना बिरामी ज्वरो क्लिनिकमा आउने गरेका छन् । तीमध्ये २५ प्रतिशत कोभिड अन्य सबैमा डेंगु र स्क्रब टाइफसको लक्षण देखिने गरेको अस्पताल सूचना अधिकारीले बताए ।

मौसम परिवर्तनका कारण भाईरलका बिरामी बढेसँगै डेंगु र स्क्रब टाइफसका बिरामी पनि यो महिना बढेको हो ।

अस्पतालले व्यक्तिगत सरसफाइलाई विषेश ध्यान दिन, ताजा तथा स्वच्छ खानेकुरा खान र कोभिडसFग सम्बन्धित लक्षणहरू छन् भने स्वास्थ्यकर्मीसँग परामर्श लिई उपचार गर्न अनुरोध गरिएको छ । बिरामीको चाप बढी भएका र स्वास्थ्यकर्मीको संख्या अस्पतालको दरबन्दीभन्दा कम भएकाले व्यवस्थापनमा समस्या भएको जिल्ला अस्पतालले जनाएको छ ।