खोलाले बगाउँदा तीन जनाको मृत्यु
News Desk
Aug-10 , 2021 तारिख 01:41 बेलुका

दाङ — २६ श्रावण २०७८  

दाङ, खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उनका २ वर्षीय छोरा रुद्र घर्तीको मृत्यु भएको हो ।सिम्लेनीबाट पतेनी जान ग्वारखोला तर्ने क्रममा पतेनी घाटमा खोलाले बगाएर आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

यसैगरी, तुलसीपुरको पातुखोलामा एक पुरुष मृत फेला परेका छन् ।तुलसीपुर–८ टिकरीका ४५ वर्षीय चुलुवा चौधरी पातुखोलामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आइतबार घरनजिकै पातुखोलामा नुहाउन गएका चौधरीको राति नै शव फेला परेको प्रहरीले बताएको छ ।  

(कान्तिपुर दैनिक) 

Related Post