News Desk
काठमाडौँ — टाइगर्स ब्रुअरीले जुम्लामा फलेको चालमबाट निर्मित मार्सी बियर नेपाली बजारमा आएको छ ।यो बियर मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी झ्याप गरी तीन प्रकारमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
साथै अन्य बियरहरूभन्दा यो फरक स्वादको रहेको पनि कम्पनीको दाबी छ । यो ३३० मिलि र ६५० मिलि बोटलमा बजारमा उपलब्ध छ ।
(कान्तिपुर दैनिक)