लिपुलेक र लिम्पियाधुरा समस्या हैन, हाम्रो पवित्र भूभाग हो : ओली
News Desk
Aug-10 , 2021 तारिख 03:08 बेलुका

काठमाडौँ — प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा समस्या नभएर नेपालको पवित्र भू-भाग भएको बताएका छन् । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरलाई 'समस्या' लेखिएको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा भूमि फिर्ता सम्बन्धी स्पष्ट कुरा गर्न सुझाव दिए 

ओलीले भने,'संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरालाई समस्या भन्नुभएको छ । यो समस्या नभएर नेपालको पवित्र भू-भाग हो ।'उनले प्रधानमन्त्री देउवालाई लिम्पियाधुरा कालापानी फिर्ता ल्याउँछु भनेर किन भन्न नसकेको भन्दै प्रश्‍न गरे ।'लिम्पियाधुरा कालापानी, लिपुकुल समस्या हो । हाम्रो पवित्र अभिन्न भू-भाग हो,' उनले भने,'यो समस्या हो ? यो समस्या हो भने त छोडिदियो भने त समस्या समाधान होला नी ? हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्नुपर्छ कि ? यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ? ' 

(कान्तिपुर दैनिक)   

Related Post