News Desk
सल्यान — २७ श्रावण २०७८
सल्यान , सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । कालीमाटी गाउँपालिका–४ चम्बुताराबाट स्थानीयको घर ढलानमा प्रयोग गरिएको मिक्स्चर बोकेर पुतलीबजार आउँदै गरेको रा१त ४०४२ नम्बरको ट्याक्टर मंगलबार राति दुर्घटनामा परेको हो ।दुर्घटनामा कालीमाटी गाउँपालिका–३ का १९ वर्षीय टेक्टर चालक खुमबहादुर ओली र मिक्स्चरका सहयोगी २० वर्षीय यज्ञबहादुर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।
उनका अनुसार मिक्स्चर चालक कालीमाटी–३ का जंगबहादुर श्रीस मगर, सहचालक वर्ष १७ का कमल विक र सहयोगी वर्ष २० का खुमबहादुर बस्नेत गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल तुलसीपुर लगिएको छ ।घाइतेहरूको स्थानीय तथा प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । ट्याक्टर सडकबाट तल खसेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
(कान्तिपुर दैनिक)