भारतबाट आएका युवकको क्वारेन्टाइनमै ज्यान गयो, कोरोना परिक्षण भएन
News Desk
Jun-07 , 2020 तारिख 01:00 बेलुका

डोटी, जेठ २५ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका डोटीका एक युवकको मृत्यु भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबीमा ७ दिन अघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको आईतबार विहान मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय डोटीका अनुसार सात दिन पहिले भारतको लुधियानाबाट गाँउ आएका उनी सिताराम आधारभुत विद्यालयको क्वारेन्टिमा बस्दै आएका थिए । उनको स्वाब परिक्षण गरिएको छैन् ।