लुकाकु फेरि चेल्सीमा
News Desk
Aug-13 , 2021 तारिख 02:50 बेलुका

लन्डन — बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकु बिहीबार फेरि इंग्लिस प्रिमियर लिग क्लब चेल्सी फर्केका छन् । उनलाई चेल्सीले इन्टर मिलानबाट ल्याउन १३ करोड ५० लाख डलर तिरेको छ ।लुकाकु सात वर्षअगाडि चेल्सीमै थिए । उनकै मद्दतमा इन्टरले ११ वर्षको पछि इटलीको सिरी ए उपाधि जितेको थियो । तर आर्थिक अभावका कारण इन्टर उनलाई बेच्न बाध्य भएको हो ।

उनको आगमनपछि चेल्सी प्रिमियर लिग उपाधिका लागि बलियो प्रत्याशी बनेको छ । उनले यसअघि अन्य दुई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र वेस्ट ब्रुमका लागि पनि खेलिसकेका छन् ।

(कान्तिपुर दैनिक)