रोमाका लागि मोउरिन्होको विजयी सुरुआत
News Desk
Aug-23 , 2021 तारिख 04:13 बेलुका

मिलान — नयाँ प्रशिक्षकका रूपमा जोसे मोउरिन्होको आगमनयता रोमाले इटालीको सिरी ‘ए’ मा आइतबार विजयी सुरुआत लिएको छ । रोमाले फियोरेन्टिनालाई ३–१ ले हरायो ।उसका लागि हेनरी मखाटरयानले एक र जोर्डन भेरेटटले दुई गोल गरे ।

सन् २०२० यता मोउरिन्हो पहिलोपल्ट रोमाको घरेलु मैदान स्टाडियो ओलम्पिकमा फर्केका थिए ।आइतबारका अन्य खेलमा एटलान्टाले टुरिनलाई २–१ ले हरायो । यस्तै युडिनेजी र युभेन्ट्सले २–२ को बराबरी खेले । 

(कान्तिपुर दैनिक)