News Desk
म्याड्रिड — स्पेनी ला लिगामा लेभान्टेले रियल म्याड्रिडलाई आइतबार ३–३ को रोमाञ्चक बराबरीमा रोकेको छ । रियलका तर्फबाट गेराथ बेलले एक र भिनियस जुनियरले दुई गोल गरे । यो रियलका लागि सन् २०१९ यता बेलको पहिलो लिग गोल रह्यो ।घरेलु टिमका लागि भने रोजरले दुई र जोस कम्पानाले एक गोल गरे ।
नाटकीय खेलमा रियलले सुरुआती अग्रता लिएको थियो । त्यसपछि लेभान्टे दुईपल्ट खेलमा अगाडि रह्यो ।यसअघि एन्जेल ओरोएको गोलमा एटलेटिको म्याड्रिडले एल्चेलाई १–० ले हराउँदै लगातार दोस्रो खेलमा जित निकाल्यो । एट्लेटिको छ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा पनि रह्यो ।
(कान्तिपुर दैनिक)