लिभरपुल र चेल्सीबीच बराबरी
News Desk
Aug-29 , 2021 तारिख 02:19 बेलुका

लन्डन —   ११ भाद्र २०७८ 

लन्डन, इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित चेल्सीले शनिबार लिभरपुललाई १–१ को बराबरीमा रोकेको छ । चेल्सीले काई हाभरटेजको गोलले अग्रता लिएयता मोहम्मद सलाहले पेनाल्टीबाट बराबरी गोल फर्काए ।चेल्सीले पहिलो हाफमै रिस जेम्सलाई गुमाएपछि टिम दबाबमा आए पनि एनफिल्डमा एक अंक बटुल्न सफल रह्यो ।

यो नतिजापछि उपाधि–होडमा रहेका दुवै टिमको सात-सात अंक भएको छ ।यसअघि वेस्ट ह्यामले क्रिस्टल प्यालेससँग २–२ बराबरी खेलेको थियो भने एभरटनले ब्राइटनलाई २–० ले पराजित गरेको थियो । वेस्ट ह्याम र एभरटन दुवैको समान सात अंक छ ।   

( कान्तिपुर दैनिक )