र्चुलाको तुइन घटनालाई सरकारले थामथुम पार्न खोजेको भन्दै एमालेको आपत्ति
News Desk
Sep-03 , 2021 तारिख 12:43 बिहान

 

 

काठमाडौँ -प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै छानबिन गर्न गठित समितिको म्याद पटक-पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार घटनालाई थामथुम गर्ने प्रयासमा लागेको बताएका हुन् । साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन चुँडाइदिएर जयसिंह धामी बेपत्ता भएका थिए ।

'आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा (एमाले) यस अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ ।'

 

धामीका सम्बन्धमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले यही १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

धेरै पढिएको