सेयर बजारमा पहिरो, १ सय ३० अंकले घट्यो नेप्से
News Desk
Sep-05 , 2021 तारिख 03:30 बेलुका

काठमाडौँ — २० भाद्र २०७८  

काठमाडौँ , साताको पहिलो दिन बजार खुले देखि नै ओरोला लागेको सेयर बजार १२ः४५ बजेसम्म करिब १ सय ३० अंकले घटिसकेको छ । यद्यपि गिरावटको क्रम रोकिएको छैन । अघिल्लो कारोबार दिनको तुलनामा यो ४.४७ प्रतिशतले कम हो । यो गिरावट सेयर बजारको इतिहासमा हालसम्मकै धेरै हो । यसअघि २०७७ मंसिर २१ गते १ सय २३ अंकले घटेको थियो । 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आइतबार पनि गिरावट नै देखेको छ । मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन । निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता निरुत्साहित भएका छन् ।   

( कान्तिपुर दैनिक )