News Desk
काठमाडौं — भाद्र २३, २०७८।
गैरआबासीय नेपाली संघ (एनआरएनए)को दशौ महाधिबेशनमा संघका बर्तमान सहकोषाध्यक्ष लोक दाहालले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । केही दिनमा आगामी कार्ययोजना सहित औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी रहेको बताउदै दाहालले एनआरएनएमा आफ्नो सकृयता, कृयाशिलता र निरन्तरताका लागि सहकोषाध्यक्षबाट कोषाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
भद्रगोल चलिरहेको संगठनको आर्थिक प्रणालीलाई बर्तमान कार्यकालमा ब्यबस्थित गर्नको लागि धेरै मेहनत गरेको र त्यसको निरन्तरताका लागि एक तह माथि बसेर संगठनलाई आफ्नो उर्जा र इमान्दारिताले योगदान गर्नको लागि आफ्नो उम्मेद्वारि आबस्यक रहेको दाहालको तर्क रहेको छ ।
गैर आबासीय नेपाली संघ बेल्जियमको महासचिब, अध्यक्ष हुँदै केन्द्रीय सहकोषाध्यक्षको जिम्मेवारिलाई संस्थागत मर्यादा र निष्ठापूर्वक निभाएका दाहाललाई संगठनका अग्रज र समकालिनहरुको समर्थन रहेको छ । सबैसँग मिलेर काम गर्न सक्ने र पाएको जिम्मेवारिलाई इमान्दारिता पूर्वक सम्पन्न गर्न सक्ने ब्यक्तिका रुपमा दाहालले एनआरएनमा आफ्नो परिचय बनाएका छन ।
विश्वका बिभिन्न देशमा मानबीय सेवा र अन्य कल्याणकारि कामका लागि ख्याती कमाएको बेल्जियमका डाक्टरहरु लगायतका स्वयमसेबिहरुको संस्था ‘भ्लाम्स मेडिकलका’ कार्यकारी सदस्य दाहालले नेपाल लगाएत एसिया र अफ्रिकाका बिभिन्न देशमा परोपकारि काम गरिरहेका छन ।
आफ्नै मेहनत र इमान्दारिताले सफल ब्यबासायिको रुपमा स्थापित भएका दाहाल संगठनमा पनि पदीय जिम्मेवारिलाई संस्थाको उन्नति र प्रगतिका लागि प्रयोग गर्ने संस्कार बसाल्न अत्यन्त जरुरी भएको र त्यसका लागि कडा अनुशासन कायम गर्नु आबस्यक रहेको बताउछन ।
आम प्रबासी नेपालीहरुमा एनआरएनए प्रतिको भरोसामा कमि आएको वास्तविकतालाई स्वीकारेर बिधि बिधान, आर्थिक पारदर्शिता र नेतृत्वमा इमान्दारिता कायम गर्नको लागि कोषाध्यक्षको जिम्मेवारि लिन चाहेको र त्यसका लागि सबै गैरआवाशिय नेपालीहरुको समर्थन रहने कुरामा विश्वस्त रहेको दाहालले बताए । बिगत दुई वर्षमा सुरु गरिएका आर्थिक नीतिलाई संस्थागत गर्ने , आर्थिक रुपमा संस्थालाई आत्मनिर्भर र पारदर्शी बनाउने परिवर्तनकारी योजना सहित छिट्टै औपचारिक कार्यक्रम गरि आफु अगाडी बढ़ने जनाउदै दाहालले आफ्नो अभियानलाई साथ दिन सबै गैरआवाशिय नेपालीलाई आग्रह गरे ।