News Desk
काठमाडौँ -कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सात जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । मंगलबार १० जिल्लाको सदस्यता टुंगिएको भएपनि समितिले बुधबार सात जिल्लाको मात्रै नामावली सार्वजनिक गरेको हो ।
समितिका सचिव जगन्नाथ श्रेष्ठले काभ्रे, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु, बाजुरा, मोरङ र काठमाडौंको सदस्यता प्रकाशित गरिएको जानकारी दिए । ‘अहिले सात जिल्लाको सार्वजनिक गरेका छौ । अन्यको केही प्राविधिक समस्या छ, पछि क्रमशः सार्वजनिक हुन्छ,’ उनले भने ।
कांग्रेसले मंगलबारै नामावली सार्वजनिक गर्न भन्दै निर्वाचन समितिलाई अन्तिम नामावली दिएको थियो । तर, समितिले सबै एकैपटक गर्ने भन्दै सार्वजनिक गर्न मानेको थिएन ।