प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छाापा
News Desk
Sep-29 , 2021 तारिख 08:40 बिहान

काठमाडौँ — आश्विन १३, २०७८

 प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

आयोगको बर्दिबासस्थित कार्यालय र केन्द्रबाट गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो ।

प्रदेश २ ले २०७५ साल मंसिरबाट सुरु गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि साइकल खरिदमा करोडौं रुपैयाँको अनियमितता भएको सूचनाका आधारमा आयोगले छापा मारेको अख्तियार स्रोतले जनाएको छ ।

आयोगले मुख्यमन्त्री कार्यालयका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

धेरै पढिएको