मन्दिरको बिषयमा विवाद र झडप
News Desk
Nov-25 , 2021 तारिख 10:53 बिहान

काठमाडौँ — मंसिर ९, २०७८। 

झापा दमक नगरपलिका १ स्थित २०१८ सालमा स्थापित किरतेश्वर महादेबको मन्दिर बिषयलाई लिएर बिवाद र झड्प भएको समाचार छ। 

समाजसेवी बुद्दिजिवी चारमाने कुमालद्वारा आफ्नो सन्तानको रक्षाको लागी भनेर प्रदान गरिएको २ कट्ठा जग्गामा किरातेश्वर महादेबको मन्दिर २०१८ सालामा स्थापना गरी पुजाहुँदै आएको मन्दिरमा चारमानेकुमालको निधनपछी मन्दिर ब्यबस्थापन समिती तथा जग्गा हकवाला बिच बिवादभई २०७५ साल श्रवाण २३ गते उक्त मन्दिर भत्काईएको थियो। सोही बिवाद फेरी फल्गुनन्द जयन्तिको दिन दोहोरिएर मन्दिर ब्यबस्थापक तथा संचालकबिच सामन्य झडप भएको समाचार छ।

फागुनन्द जयन्तिको अबसर पारेर मन्दिरका पुजारी लगायत अन्य भक्तालुहरुबाट दिपप्रज्वलन तथा ध्वजाफेर्ने कार्य गर्ने हुँदा बिवाद पछी झडप भएको हो। सो झडपपछी मन्दिरका पुजारी लगायत अन्य केहि भक्तजनबाट दमक ईलाका प्रहरी कार्यालयमा सो बिरुद्धा निबेदन दर्ता गरेका छन।

सो निबेदनमा उल्लेखित अनुसार किरातेश्वर महादेब मन्दिरकोतर्फबाट उक्तमन्दिरका पुजारिको हैसियतले शेरबहादुर याङ्हाङ्गले सम्मानित झापा जिल्ल अदालतमा २०७५-०९-१५ गते फिराद दर्तागराएका थिए र सम्मानित झापा जिल्ला अदालताबाट देवसाथलकै नाममा उक्त मुद्दा २०७७-०१-२८ गते फैसला गरीदिएको ईलाका प्रहरी कार्यालयमा दर्तागरिएको निबेदनमा उल्लेख छ।निबेदनमा अश्लिल गालीगलौच तथा हातपात गरिएकोमा पिडितपक्षबाट आफुहरु अन्यायमा परेको र सम्बधित ब्यक्तिहरु झिकाई सो बिषयमा छलफल तथा घाईतेको लागी उपचारको लागी पहलगरिदिन निबेदनमा अनुरोध गरिएको छ।

पिडितपक्षले आफ्नो धर्म र संस्कृति माथि भएको पक्षपाती व्यवहारको पनि घोर भत्सर्ना गर्दै सरोकारवाला र स्थानीय निकायले पनि आफुहरुलाई अन्याय गरेकोमा आफुहरु निकै दुखित र हताश भएको गुनासो गरेका छन।मन्दिरका पुजारीका अनुसार हालचलिरहेको विवाद चुलिएदेखि नै मन्दिर पक्षको गुनासो निस्पक्ष रुपमा सुनुवाई नभएको भनाइ छ।यति लामो समयसम्म यो विवाद चलिरहदा पनि स्थानीय जनप्रतिनिधिबाट पनि सहयोगनभएको उल्टै असहयोग भएको पुजारीको गुनासो छ। 

'मन्दिर जग्गा अतिक्रमण गरिएर बनाईएको थिएन, होइन पनि एकजना भक्तालुले आफुखुशीदान दिएर मन्दिर स्थापनागरिएकोमा पछिबलजफ्ती मन्दिर भत्काईयो। हामी पैसा र पावर नभएको सर्बसाधारण, कसैको साथ पाएनौ। स्थानीय जनप्रधिनिधिले समन्वयगरि सत्यतत्थ्य बुझेर निष्पक्ष व्यवहार गर्न पर्नेमा जनप्रधिनिधि पनि हाम्रो बिपक्षमा भएपछि हामीले सम्मानित जिल्ला अदालतमा गुहार लगायौ र हामीले न्याय पनि पायौ। सम्मानित जिल्लाअदालतबाट मन्दिरको पक्षमा फैसला पनि भयो तर अझै पनि हामीमाथि अन्याय भैरहेको छ।'  मन्दिरको पुजारीले आफ्नो दुख पोख्दै बताउनुभयो।

उनका अनुसार सम्बन्धित जनप्रतिनिधि वा सरोकारवालाले भत्काइएको मन्दिर सोहिस्थानमा स्थापना हुनसक्दैन भनेपनि अरुकुनै ठाउमा स्थान्तरण गर्नेगरि व्यवस्था गरि धार्मिक आस्थाको सम्मान गर्नपर्ने पुजारीको भनाइ छ।तर यस्तो कुनै पहल स्थानीय निकायबाट नभएको जसलेगर्दा आफुहरुको धार्मिक आस्था र धर्ममाथि नै प्रहार गर्न खोजिएको होकि भन्नेपनि आफुहरुलाई आशंकाहुन थालेको पनि बताउनुभयो।

मन्दिर सम्बन्धि विवादमा हाल जग्गाहकवालाबाट पुर्नाबेदन अदालतमा पुनसुनुवाइको लागि मुद्दादर्ताभएर हाल सो मामिला पुर्नाबेदनमा मुद्दाचलिरहेको पनि मन्दिरका पुजारी शेरबहादुर योङ्गहाङ्गले जानकारी दिएका छन्।
 

धेरै पढिएको