पुर्व प्रवक्ता डा. गोविन्द खनिया महामन्त्री उम्मेदवार
News Desk
Dec-01 , 2021 तारिख 11:45 बिहान

पुर्व प्रवक्ता डा. गोविन्द खनिया महामन्त्री उम्मेदवार

विगत लामो समयदेखि राप्रपामा आबद्ध डा. गोविन्दराज खनिया राप्रपा नेता तथा कार्यकर्ताबीच नयां नाम होइन। राप्रपाको पोखरा महाधिवेशन २०५९मा स्थापित नेताहरुलाई पछि पार्दै ३४वर्षको युवा उमेरमा नै  १८ केन्द्रिय सदस्यमध्य निर्वाचित भएपछि खनियाको चर्चा चुलिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र विद्वान्, बौद्धिक एवं शालीन नेताको रुपमा परिचित खनियाले राप्रपाको विभिन्न कार्यकारिणी पदमा रहेर काम गरिसक्नु भएको छ। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्धी संगठनका संस्थापक केन्द्रिय उपाध्यक्ष समेत रहिसकेका खनिया, २०५९ देखि निरन्तर केन्द्रिय सदस्य, धौलागिरी अन्चल संयोजक देखि केन्दिय सहायक महामन्त्री तथा प्रवक्ताको जिम्मेवारीमा रहिसक्नुभएको छ। पटक पटक उच्चस्तरिय कार्यसम्पादन समितिको सदस्य र पार्टका विभिन्न विभागका संयोजक र सचिवालयमा रही  काम गरिसक्नुभएको छ। 

खनिया स्मरण गर्नुहुन्छ, "विरगंज अधिवेशनमा म विधान संशोधन समितिको संयोजक थिएं, पार्टीमा युवापुस्ताको आकर्षण बढाउन र कार्यकर्ताबीच पपुलर नेताहरुलाई कार्यकारी पदमा ल्याउनको लागि  महामन्त्री, उपाध्यक्ष लगायत अन्य पदहरुमा निर्वाचन हुनपर्छ भन्ने सुझाव मेरो थियो' तत्कालीन समयमा उक्त सुझावलाई कार्वान्यन नगर्नुको कारण नै आज राप्रपा राष्ट्रिय पार्टी समेत नरहेकोमा खनिया खेद व्यक्त गर्नुहुन्छ। 'ढिलैभएपनि पार्टी निर्माणको बाटोमा आज हामी छौ र मेरो दक्षता निष्ठा साधै लामो समय सचिवालयमा रहेर काम गरेको अनुभवका कारण पार्टीको बृहत रुपान्तरण र एकपटक राप्रपालाई जुरुक्कै उठाउनको लागि मैले महामन्त्री पदमा उम्मेदवारी दिएको छु' डा. खनियाले प्रफुल्लित हुंदै भन्नुभयो।

हुन त राप्रपा भित्र 'मिस्टर क्लिन'को रुपमा खनिया परिचित हुनुहुन्छ, सरल, मिजासिलो र कार्यकर्ताको प्रिय।'मेरो राजनीति कुनै लाभको पद र सुख सयलको लागि होइन, मात्र नेपाललाई हिन्दु अधिराज्य स्थापना गर्न एउटा बलियो पिल्लर बन्न चहान्छु र यो समय पार्टीको भविष्यको लागि संवेदनशील घडी हो, अहिले आउने नेतृत्वले नै पार्टी र देशको भविष्य सुनिश्चित गर्नेछ त्यसैले हाम्रो प्रयत्न जोशिलो नेतृत्व स्थापना गर्ने हो।' शिक्षा आर्जनलाई नै आफ्नो रुचि बनाउनुभएका उहाले राजनीतिशास्त्रमा विद्यावारिधी(PhD) तथा 
MBA, MPA, MA( Economics), MA (Political Science), Msc (Natural Resource Management)र स्नातक तर्फ
BBA, BEd, BL , BA, Post Graduate Diploma (English) अध्यययन गर्नुभएको छ।साथै नेपालको राजनीतिमा राप्रपा, राप्रपाको पुनर्जागरण र राप्रपामा तीन दशकको राजनीतिक यात्रा र भावी परिकल्पना नामक पुस्तकहरुपनि प्रकाशन गरिसक्नुभएको छ।