News Desk
काठमाडौं ।काठमाडौंको मध्य वानेश्वरमा अवस्थित ग्लोबल कलेज अफ साईन्स विज्ञान बिषय पढाई हुने नेपालकै एक सर्वोत्कृष्ट शैक्षिक संस्था हो । लामो अध्ययन पस्चात नेपालमै अन्तरराष्ट्रियस्तरको सुविधा तथा उच्च गुणस्तरिय शिक्षा प्रवाह गर्ने उदेश्यसहित यस कलेज संचालनमा आएको हो । विशुद्ध विज्ञान विषय अध्यापन हुने यस कलेजमा १० जोड दुई अन्तर्गत विज्ञान बिषयका शैक्षिक कार्यक्रमहरु संचालित छन् ।

ग्लोबल कलेज अफ साइन्सको प्रबर्धक कम्पनीमा शिक्षा क्षेत्रको प्रतिष्ठित ९पायोनियर० इन्स्टिच्युट प्रोफेसनल एजुकेटर्स लिमिटेड रहेको छ । त्यसो त यस ग्लोबल कलेज अफ साईन्स विज्ञान एवम् व्यवस्थापन क्षेत्रका लब्ध प्रतिष्ठित, अनुभवी, विज्ञहरूको देनका रुपमा रहेको छ । यस कलेजको व्यवस्थापन समिति अध्यक्षमा त्रि वि। बाट गोल्ड मेडल हासिल गर्नुभई दुई दशकसम्म सरकारी क्याम्पसमा प्राध्यापनरत रहनुभएका तथा दर्जनौ पुस्तकका लेखक प्राज्ञ डा। खगेन्द्र प्रसाद ओझा रहनु भएको छ । डा। ओझाको प्रत्यक्ष निगरानी तथा सुपरिवेक्षणमा संचालित ग्लोबल कलेज अफ साइन्समा अध्ययनशील, लगनशील र मेहनेती व्यक्तिहरूको समूह अध्यापन र व्यवस्थापन कार्यमा क्रियाशील हुनुहुन्छ । ग्लोबल कलेज अफ साईन्सले स्थापनाको छोटो समयमै लोकप्रियता हासिल गर्नुका साथै विज्ञान बिषय लिई १० जोड दुई पढन चाहने विद्यार्थीहरुका लागि आकर्षक शैक्षिक हब बन्न सफल रहेको पनि छ । शिक्षक, विद्यार्थीमैत्री भौतिक संरचना र आधुनिक शैक्षिक वातावरणको संयोजनमा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने उच्च गुणस्तरको शिक्षा दिनु ग्लोबल कलेज अफ साइन्सको उद्देश्य हो । जीवनोपयोगी शिक्षण–सिकाइ, काउन्सिलिङ तथा अतिरिक्त कियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास, तथा परियोजना कार्य ९प्रोजेक्ट वर्क० र अनुसन्धानात्मक कियाकलापका माध्यमलाई प्राथमिकता दिदै आएको छ ।

त्यसो त अध्ययन–अध्यापन, व्यवस्थापन तथा विज्ञान शिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक एवम् शैक्षिक पूर्वाधारका कारण ग्लोबल कलेज अन्तर्राष्ट्रियस्तरको नेपालकै नमुना कलेज पनि हो । यहाँका हरेक कक्षा कोठामा मल्टिमिडिया प्रोजेक्टर, पि।ए सिस्टम, श्रव्यदृश्य सामग्री, सिसि टिभीद्वारा, निगरानी, थम्ब सेन्सर ९उपस्थितिका लागि उपकरण०, लिफ्ट सिस्टम लगायतका सामग्रीले विद्यार्थीको पठन पाठनलाई सहज तुल्याएको छ । यहाँ शान्त वातावरणमा पढ्न मिल्ने आरामदायी कुर्सी, पर्याप्त ठाउँ भएका वातावरण अनुकूल उज्याला अध्ययन कक्ष छन् । यस कलेजमा उच्च प्रविधियुक्त एसी जडित सभाहलहरू, हरेक विद्यार्थीले आवश्यकपुस्तक पाउन सक्ने क्षमताको पुस्तकालय, उच्च गतिको इन्टरनेट, अत्याधुनिक कम्प्युटर प्रयोगशाला तथा स्वच्छ, सफा र सन्तुलित आहार प्राप्त गर्न सकिने चमेना गृह, इ। पुस्तकालय लगायतका सेवा सुविधाहरू उपलब्ध रहेका छन् ।

उपर्युक्त वातावरणमाझ आफना विद्यार्थीहरुलाई शिक्षण सिकाई प्रकृयामा सामेल गराउदै आउने क्रममा ग्लोबल कलेज अफ साइन्सले भौतिक पुर्वाधारका अलवा दक्ष जनशक्ती एवम् अतिरित्त कृयाकलाप माथि पनि बिशेष जोड दिदै आएको छ । जसमा दक्ष जनशक्तीको पदपुर्ती गर्दै अध्यापक एवम् अध्यापिकाहरुको लागि आकर्षक तलबमानको व्यवस्था गर्नुका साथै सेवा सुविधा र प्रतिष्ठा जस्ता सन्दर्भमा कलेजले उच्च प्राथमिकता दिदै आएको छ । फलत सामुहिक भावनाको मर्मलाई आत्मसात गर्दै उच्च मनोबलका साथ शिक्षण सिकाई प्रकृयामा सामेल हुने वातावरण सिर्जना भएको छ ।
त्यसो त ग्लोबल स्कुल अफ साइन्सले प्राक्टिकल अर्थात प्रयोगात्मक अभ्यासका लागि फिजिक्स ९भौतिक शास्त्र० क्यामेस्ट्री ९रसायन शास्त्र० र बायोलोजी ९जिव विज्ञान० का अत्याधुनिक प्रयोगशालाहरुको व्यवस्था गरेको छ । यसबाट विद्यार्थीहरुको प्रयोगात्मक शिक्षण सिकाई प्रकृया सरल र सहज बन्ने गर्दछ । त्यसैगरि भौतिक पुर्वाधार अन्तर्गत नै कलेज परिसर हातामा खेलकुद अन्तर्गत बासकेट बल कोर्ट, क्रिकसल पिच, टेबल टेनिस बोर्ड, फुटसल ग्राउण्ड आदी संरचनाहरु खडा गरिएको छ । जसमा नियमित खेल गतिविधिहरु हुनुका साथै वार्षिक क्यालेण्डर ९तालिका० बनाई खेल प्रतियोगिताहरु संचालन हुने गरेको छ ।कलेजले आन्तरिक र बाहय अर्थात अन्तर विद्यालय, नगर वा राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा समेत विद्यार्थीहरुलाई सहभागी गराउदै आउने गरेको छ ।जसमा हालसम्म कलेजले थुप्रै पटक प्रतियोगिताहरुमा सर्वोकृष्ट नतिजा पस्कदै आएको छ ।

बिषयगत रुपमा दक्षता हासिल गरेका अनुभवी प्राध्यापकहरुको वर्चस्व रहेको ग्लोबल कलेज अफ साईन्सले अध्यापकहरुको सेवा सुविधा माथि बिशेष ध्यान दिने गरेको छ । जसमा सरकारी स्केल भन्दा पनि बढि तलबमान र अन्य सेवा सुविधा उपलब्ध छन् । फलत: ग्लोबल कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा पस्कदै आएको छ । स्थापनाको छोटो समयमै अब्बल शैक्षिक प्रतिष्ठानका रूपमा स्थापित ग्लोबल कलेज अफ साइन्स राष्ट्रिय एवम् अन्तरराष्ट्रिय मंचहरुमा सर्वोत्कृष्ट साईन्स कलेजका रूपमा पुरस्कृत र प्रशंसित हुँदै आएको पनि छ ।
विद्यार्थीको रुचि र क्षमताको पहिचान गरि अन्तर्निहित प्रतिभाको प्रस्फुटन हुने कार्य तथा समूहमा काम गर्ने शैली र क्षमताको विकास गर्ने जस्ता बिषयमा कलेज व्यवस्थापनले उच्च प्राथमिकता दिदै आएको पनि छ । कठिन विषयमा अतिरिक्त कक्षा, अंग्रेजीको व्यावहारिक लेखन तथा स्तरीय उच्चारणका निम्ति अनिवार्य भाषा कक्षा, करिअर काउन्सिलिङ, भावी अध्ययनको काउन्सिलिङ, सेमिनार, प्रत्येक विषयमा अनिवार्य पावर प्वाइन्ट प्रिजेन्टेसन, नियमित गृहकार्य परीक्षण, फिल्ड भिजिट, ट्रमपेपर लेखन, सप्ताहन्त परिक्षा कार्यले विद्यार्थीमा आत्मविश्वास बढाउदै शैक्षिक एवम् व्यक्तित्व विकासमा टेवा पुर्याउने कार्य कलेजले गर्दैआए आएको छ ।

ग्लोबल कलेज विज्ञान क्षेत्रको जनशक्ति विकासको आधारस्तम्भका रूपमा नेपाली समाजमा स्थापित भएको छ । सम्पूर्ण आर्थिक र प्रशासनिक विवरण पारदर्शी राख्ने यो कलेज नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा सम्भव छ भन्ने कुराको ज्वलन्त उदाहरण पनि हो। नेपाली माटोको सुगन्ध र मुटुको मर्म महसुस गरी राष्ट्रिय दायित्व निर्वाह गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति ग्लोबल कलेजले उत्पादन गर्दै आएको छ ।
ग्लोबल कलेज अफ साइन्सले उत्पादन गरेका विद्यार्थीले विज्ञानको क्षेत्रमा राम्रो उन्नती गर्ने लयमा छन् । तसर्थ पनि उत्कृष्ट नतिजा साथै उज्जवल भविस्यका लागि ग्लोबल कलेज अफ साइन्स आम विद्यार्थी एवम् अभिभावकहरुको पहिलो रोजाईमा पर्दै आएको छ।




