वंशानुगत स्तन क्यान्सरमाथि छलफल गर्दै ४४ औं क्यान्सर सर्भाइभर मिट सम्पन्न
News Desk
Oct-15 , 2023 तारिख 08:22 बिहान

काठमाडौं  । नेपाल क्यान्सर सपोर्ट ग्रुपको प्रस्तुतीमा ४४  औं  क्यान्सर सर्भाइभर मिट सम्पन्न भएको छ ।  शनिवार आयोजित  उक्त कार्यक्रम वंशानुगत स्तन क्यान्सरमाथि छलफल गर्दै सम्पन्न भएको हो । कार्यक्रममा नेपाल क्यान्सर अस्पातलकी निर्देशक स्वरुपा श्रेष्ठले स्वागत मन्तव्य राख्नु हुँदै क्यान्सर उपचारलाई सहज तुल्याउदै जानुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्षसमेत रहनुभएका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले वंशानुगत स्तन क्यान्सर बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सहजकर्ताको समेत भूमिका निर्वाह गर्नुहुँदै डा. श्रेष्ठले वंशानुगत क्यान्सर रोग, उपचार प्रकृया, लागत, मनोविज्ञान, प्रविधि, नेपाल क्यान्सर अस्पतालको सेवा आदी बारे जानकारी गराउनुहुँदै क्यान्सर बारे खुलेर कुरा गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अघिल्लो पुस्तामा क्यान्सर देखिएकाहरुले बेलैमा जाँच गर्ने हो भने वंशानुगत क्यान्सरको जोखिमलाई कम गर्न सकिने र वार्षिक चेकजाँचसँगै क्यान्सर फैलने खतरा टाल्दै पछि हुने उपचार धेरै खर्चसमेत जोगाउन सकिने उल्लेख गर्नुभयो।  

त्यसैगरि, क्यान्सर उपचारसँग सरोकारित बिषयगत विज्ञ चिकित्सकहरु बरिष्ठ कन्सल्टयाण्ट  रेडियसन अंकोलोजिस्ट डा. गिसुपनिखा प्रसिको, बरिष्ठ कन्सल्टयाण्ट प्याथोलोजिस्ट हरिप्रसाद ढकाल, सिनियर मेडिकल इपिडेमिलोजिस्ट एवम्  प्रिभेन्टिभ अंकोलोजी विज्ञ डा. मुरारी मान श्रेष्ठ, सिनियर कन्सल्टयाण्ट  गाईनोकोलोजिक अंकोलोजिस्ट डा. अन्जु श्रेष्ठ र ब्रेस्ट अंकोप्लास्टिक सर्जन डा. प्रफुल्ल शाक्यले प्यानलिस्टका रुपमा स्तन क्यान्सर रोग र उपचारसँग सरोकारित रहि आ आफनो राय राख्नुभएको  थियो ।  सो अवसरमा उहाँहरु छलफलमा समेत सरिक हुनुभई क्यान्सर सर्भाइभरहरुले वंशानुगत  क्यान्सर बारे राख्नुभएका जिज्ञासा उपर जवाफ पेश गर्नुभएको थियो । 

सोही कार्यक्रम माझ सुदिप्ता क्यान्सर सर्भाइभरकी सल्लाहकार शुशिला श्रेष्ठले क्यान्सर रोगीका परिवारलाई नगद २० हजार र अन्य सर्भाइभरहरुले केही थप रकम सहयोग स्वरुप हस्ताण्तरण गर्नुभएको थियो ।  

त्यसलगत्तै स्ट्राण्ड लाईफ साइन्सका निर्देशक नविन श्रिंनिवासनले क्यान्सर रोग र उपचारसँग सम्बन्धित प्रविधि एवम् उपकरण बारे चर्चा गर्नुभएको थियो ।  

कार्यक्रममा क्यान्सर सर्भाइभरहरुले आ आफ्नो कला प्रस्तुत गर्नुहुँदै माहौललाई थप रमाइलो बनाउनुभएको थियो ।  

कार्यक्रमको अन्त्यमा नेपाल क्यान्सर सपोर्ट  ग्रुपका अध्यक्ष दिलिप भट्टराईले चिकित्सकहरुको प्रस्तुतीको तारिफ गर्नुहुँदै डा. सुदिप श्रेष्ठ नेतृत्वको  टोलीले क्यान्सर उपचार र क्यान्सर लाग्नु अघि पनि सचेतना अभिब्रिद्धीमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको बताउनुभयो ।

धेरै पढिएको

Related Post