बरिष्ठ अंकोलोजिस्ट डा. सुदिप श्रेष्ठ रोयल कलेज अफ फिजिशियन्स एडिनबर्गको फेलोमा नियुक्त
News Desk
Dec-01 , 2023 तारिख 09:52 बिहान

काठमाडौं ।  बरिष्ठ अंकोलोजिस्ट डा. सुदिप श्रेष्ठ  रोयल कलेज अफ फिजिशियन्स एडिनबर्गको फेलोमा नियुक्त हुनु भएको छ । रोयल कलेज अफ फिजिशियन्स एडिनबर्गले नोभेम्बर ३० मा एक समारोहको आयोजना गरि उहाँलाई फेलोका रुपमा ग्रहण गरेको हो । सो  अवसरमा उहाँले आफनो भूमिकाका सम्बन्धमा हस्ताक्षर समेत गर्नुभयो । 

उक्त सम्मान प्राप्त गरेपस्चात राज्यदैनिकसँग कुरा गर्दै डा. श्रेष्ठले भन्नुभयो ’रोयल कलेज अफ फिजिशियन्स एडिनबर्गको फेलोमा नियुक्त हुन पाउनु मेरो लागि ठूलो सम्मान हो, यसका लागि रोयल कलेज परिवार र सिनियर फिजिशियनप्रति आभार व्यक्त गर्न चाहन्छु’ ।  

डा. श्रेष्ठ नेपाल क्यान्सर अस्पातलका अध्यक्ष समेत हुनुहुन्छ ।

धेरै पढिएको

Related Post